एक टुक्रा

रुन्छ, हास्छ, नाच्छ, गाउँछ, रमाउँछ रहर
बेच्छ रहर, किन्छ रहर, कमाउँछ शहर
दासी रहर, प्यासी शहर, सपनाको आँधी
आँधी मनको जमाउँछ, बनाउँछ जहर ।।

Advertisements

हिरा र मोती

एक सरो हुन्न सायद
अनायस

अकल्पनीय परिवर्तन
जीवनको ।
कारक र कारण
भाग्यमा थोपर्छ मान्छे
रहस्य केवलसमुद्रको पिंध

भेट्टाईएको मोतीमा हुन्न
लाखौं ढुङ्गाहरुमा
एकाध मोतिहरु
मान्छेको भाग्य जस्तै
तर
बहुमतमा रहेका
करोडौं मान्छेहरु
त्यो
समुद्रको पिंधको
मूल्यवान मोतीमा
बाँच्दैनन
बरु हजारौं कर्मविरहरु
आगाका लप्कासँगै
उछिट्टीएर
समाजको र जीवनको
कठोर चट्टानमा
बर्षौंसम्म
बिना कुनै मोतीको आशमा
न कुनै भाग्यको दासमा
जीवनका उल्झनहरुमा जेलिएरै
चट्टानमा पेलिएरै
हिरा बन्छन्, हिरा
मोतीजस्तो मूल्यवान नहोलान‍्
तर,
चम्किएका हुन्छन्दि
ब्य प्रकाशमा
तिनका देदिप्यमान मुहार ।
सन्तुष्टी र आनन्द
स्पट्टीक हृदयका
पारदर्शी अवयवहरुमा
मुखरित देखिन्छ ।

अस्तित्वको उत्खनन्

कहिले कही मलाई हेर्न मन लाग्छ
मस्तिष्क भित्रको भाव

भाव भित्रको ब्रम्हाण्ड
तर
कुनै छुट्टै कोणबाट –
जहाँ देखि
सम्पूर्ण कुरा स्पष्ट देखिउन
बगिरहेको समयको छाल देखियोस
बदलिंदो उमेर देखियोस
बालापन देखियोस, बैंस देखियोस

मलाई हेर्न मन लाग्छ
एउटा अर्को ब्रम्हाण्ड
जहाँ म र मेरो अस्तित्व
स्पष्ट देख्न सकौं

त्यो अस्तित्व
जो
एउटा विशाल शुन्यका
अशङ्ख्य मध्येको एक पिण्डमा
अपरिमित समयको कुनै एक क्षणमा
आफ्नो सम्पुर्ण जीवन बाँचिरहेछ।

हिमाल

जब
प्रभातको प्रभुत्वले
निशाको अन्य हुन्छ
उसका सिउँदाहरुमा
किरण छताछुल्ल भएर
टल्किरहन्छे
ऊ लजाउँछे
लाज
उसको आँखामा
ढलपल ढलपल
ऊ पग्लिदिन्छे
तर
झुक्दिन
अटल छे
आफ्नो
शालिनता र सौम्यता
दिन र रातको
हर प्रहरमा
निखार्दै र तिखार्दै
ऊ चुलिंदैछे
ऋतुका
हरेक हरकतसँग
आएका पवनका काँडाहरु
हाँसि हाँसि
सहिदिन्छे
तर पनि
उसको सुन्दरता
कत्ति मैलेन
ऊ चम्किन्छे
पल प्रतिपल
आफ्ना विशाल आलिङ्गन
फैलाएर
सब  समेटिदिन्छे
त्यसैले उसलाई
झुक्नु पर्दैन
लुक्नु पर्दैन

चुक्नु पर्दैन ।

गजल

Alone शत्रु पनि छैन यहाँ, हसाईदिने साथि कतै
छँदै छैन कठै भन्ने नेपाली त्यो छाति कतै॥

कंक्रिट छ जताततै नुनै नुन सागरमा
पोखराको ताल छैन चितवनको हात्ती कतै॥

एकतमासको मन बोकी व्यस्त शहर कुदिरन्छ
नर्क पनि छैन यहाँ स्वर्ग छैन माथि कतै॥

देख्ने गर्छु सपनामा आफ्नै थलो साथिसँगी
पानी पनि खान नपाई मर्छुकी त राति कतै॥

एक्लै रुन्छु परदेशको झिलिमिली आँसु हुन्छ
जति नै म मरेपनि हुँदै हुन्न जाति कतै॥

मुक्ति मलाई दिलाईदेऊ पशुपती परमेश्वर
साथी उनलाई चढाइदेऊ फूल र पाती कतै॥

वसन्त

तुसारोले
सेतै भएर फुलेको
यसल
वर्षा केवल वर्षा
अनि
कठ्याङ्ग्रिने ठण्डीमात्र देखेको छ
तर
मैले यसलाई बसन्त दिन सकिन
वसन्त त
उसको सपना हो
कल्पनाको अडीग खम्बा हो
मेरो इच्छा हो
म उसमा फूल फूलाउन चाहन्छु
कोइलीको को हो को हो आवाज सुन्न चाहन्छु
प्रकृतिको नालीबेली देख्न चाहन्छु
किनकी
उ बिना म अपुरो छु
म ऊ भित्र समाहित छु
त्यसैले
मेरो लक्ष बसन्त हो
र मेरो इच्छा केवल
मात्र केवल
ऋतु परिवर्तन हो

एउटा ऐना

A Different Mirrorरंगिएको
रातो
कतै तन्किएको देखिने
कतै खुम्चिएको
विक्रित अनुहार
अझै हेरिरहेछु ।

एउटा ऐना
धमिलो
आँखा गाडेर
प्रतिविम्ब खोज्नु पर्ने
तै पनि हेरिरहेछु ।

एउटा ऐना
चर्किएको
टुक्रा टुक्रा
फरक फरक प्रतिविम्ब
एउटा खोज्न
हेरिरहेछु ।

एउटा ऐना
रसिलो
दुःख, पिडा
चिन्ता, आक्रोस
पिडा र चित्कार
शान्ति र हाँसो
खोजिरहेछु ।

एउटा ऐना
सफा
छर्लङ
शान्त, शालिन
न चर्किएको, न भत्किएको
म खोजिरहेछु
त्यही ऐना
त्यो ऐना ।

त्यो एउटा ऐना ।