जब
प्रभातको प्रभुत्वले
निशाको अन्य हुन्छ
उसका सिउँदाहरुमा
किरण छताछुल्ल भएर
टल्किरहन्छे
ऊ लजाउँछे
लाज
उसको आँखामा
ढलपल ढलपल
ऊ पग्लिदिन्छे
तर
झुक्दिन
अटल छे
आफ्नो
शालिनता र सौम्यता
दिन र रातको
हर प्रहरमा
निखार्दै र तिखार्दै
ऊ चुलिंदैछे
ऋतुका
हरेक हरकतसँग
आएका पवनका काँडाहरु
हाँसि हाँसि
सहिदिन्छे
तर पनि
उसको सुन्दरता
कत्ति मैलेन
ऊ चम्किन्छे
पल प्रतिपल
आफ्ना विशाल आलिङ्गन
फैलाएर
सब समेटिदिन्छे
त्यसैले उसलाई
झुक्नु पर्दैन
लुक्नु पर्दैन
र
चुक्नु पर्दैन ।