एक सरो हुन्न सायद
अनायस
र
अकल्पनीय परिवर्तन
जीवनको ।
कारक र कारण
भाग्यमा थोपर्छ मान्छे
रहस्य केवलसमुद्रको पिंध
र
भेट्टाईएको मोतीमा हुन्न
लाखौं ढुङ्गाहरुमा
एकाध मोतिहरु
मान्छेको भाग्य जस्तै
तर
बहुमतमा रहेका
करोडौं मान्छेहरु
त्यो
समुद्रको पिंधको
मूल्यवान मोतीमा
बाँच्दैनन
बरु हजारौं कर्मविरहरु
आगाका लप्कासँगै
उछिट्टीएर
समाजको र जीवनको
कठोर चट्टानमा
बर्षौंसम्म
बिना कुनै मोतीको आशमा
न कुनै भाग्यको दासमा
जीवनका उल्झनहरुमा जेलिएरै
चट्टानमा पेलिएरै
हिरा बन्छन्, हिरा
मोतीजस्तो मूल्यवान नहोलान्
तर,
चम्किएका हुन्छन्दि
ब्य प्रकाशमा
तिनका देदिप्यमान मुहार ।
सन्तुष्टी र आनन्द
स्पट्टीक हृदयका
पारदर्शी अवयवहरुमा
मुखरित देखिन्छ ।
Category: गद्य कविता
हिमाल
जब
प्रभातको प्रभुत्वले
निशाको अन्य हुन्छ
उसका सिउँदाहरुमा
किरण छताछुल्ल भएर
टल्किरहन्छे
ऊ लजाउँछे
लाज
उसको आँखामा
ढलपल ढलपल
ऊ पग्लिदिन्छे
तर
झुक्दिन
अटल छे
आफ्नो
शालिनता र सौम्यता
दिन र रातको
हर प्रहरमा
निखार्दै र तिखार्दै
ऊ चुलिंदैछे
ऋतुका
हरेक हरकतसँग
आएका पवनका काँडाहरु
हाँसि हाँसि
सहिदिन्छे
तर पनि
उसको सुन्दरता
कत्ति मैलेन
ऊ चम्किन्छे
पल प्रतिपल
आफ्ना विशाल आलिङ्गन
फैलाएर
सब समेटिदिन्छे
त्यसैले उसलाई
झुक्नु पर्दैन
लुक्नु पर्दैन
र
चुक्नु पर्दैन ।
वसन्त
तुसारोले
सेतै भएर फुलेको
यसल
वर्षा केवल वर्षा
अनि
कठ्याङ्ग्रिने ठण्डीमात्र देखेको छ
तर
मैले यसलाई बसन्त दिन सकिन
वसन्त त
उसको सपना हो
कल्पनाको अडीग खम्बा हो
मेरो इच्छा हो
म उसमा फूल फूलाउन चाहन्छु
कोइलीको को हो को हो आवाज सुन्न चाहन्छु
प्रकृतिको नालीबेली देख्न चाहन्छु
किनकी
उ बिना म अपुरो छु
म ऊ भित्र समाहित छु
त्यसैले
मेरो लक्ष बसन्त हो
र मेरो इच्छा केवल
मात्र केवल
ऋतु परिवर्तन हो
एउटा ऐना
रंगिएको
रातो
कतै तन्किएको देखिने
कतै खुम्चिएको
विक्रित अनुहार
अझै हेरिरहेछु ।
एउटा ऐना
धमिलो
आँखा गाडेर
प्रतिविम्ब खोज्नु पर्ने
तै पनि हेरिरहेछु ।
एउटा ऐना
चर्किएको
टुक्रा टुक्रा
फरक फरक प्रतिविम्ब
एउटा खोज्न
हेरिरहेछु ।
एउटा ऐना
रसिलो
दुःख, पिडा
चिन्ता, आक्रोस
पिडा र चित्कार
शान्ति र हाँसो
खोजिरहेछु ।
एउटा ऐना
सफा
छर्लङ
शान्त, शालिन
न चर्किएको, न भत्किएको
म खोजिरहेछु
त्यही ऐना
त्यो ऐना ।
त्यो एउटा ऐना ।